सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने


काठमाडौँ । सरकारले सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का गर्ने भएको छ । संसद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष (२०८२\८३) को बजेट पेस गर्दै बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी समेत रोक्का गरिने बताएका हुन् ।

सहकारीको सम्पत्ति बिक्री गरिने र उक्त रकम पीडित परिवारलाई हस्तान्त्रण गर्ने गरी चक्रीय कोष पनि स्थापना गरिएको छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।