पेट्रोलमा बायोइथानोल मिश्रण गर्न अमलेखगंज–लोथर र सिलगुढी–चारआली अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्ने


आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलमा बायोइथानोल मिश्रणको कार्यक्रम अगाडि बढाउने घोषणा गरेका छन् ।

प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्युनीकरणका लागि बायोइथानोल मिश्रण गरिने पौडेलले बताए ।

आगामी आर्थिक वर्षमा अमलेखगंज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारण कार्य अगाडि बढाउनुका साथै सिलगुढी–चारआली अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा भण्डारण निर्माण अगाडि बढाइने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।