आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा


काठमाडौँ । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति: १६ जेठ २०८२, शुक्रबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।