काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा यातायात व्यवस्था कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेको छ ।
आयोगले पराजुली सहित सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, यातायात व्यवस्था कार्यालय दाङ्गका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र सेवाग्राही सभ्यता के.सी. विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो
आयोगले उनीहरुले यातायात कार्यालय रुपन्देहीबाट अर्काै व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको विवरण परिवर्तन गरि सोहि आईडी र लाइसेन्स नम्बर हुने गरि लिखित र ट्रायल परीक्षामा सामेल नै नगराएर अनुमतिपत्र दिएको जनाएको छ ।
आयोगले कानुन बमोजिमको सजाय मागदाबी गरेको छ
प्रतिक्रिया