स्वास्थ्य बीमा बोर्डले खुलायो मेडिकल अधिकृतको लागि आवेदन


काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृतको लागि दरखास्त आह्वान गरेको छ ।

बोर्डले आइतबार सुचना निकालेर १८० जना अधिकृतको लागि आवेदन खुलाएको हो ।

बार्डका अनुसार ९० कार्यदिन रहने गरि कर्मचारी भर्ना गर्न लागेको जनाएको छ ।

बोर्डले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र योग्यता पुगेका नागरिकलाई आवेदन दिन भनेको छ ।

बोर्डले थप जानकारीकोे लागि बोर्डको वेबभाइट www.hib.gov.np  मा हेर्न भनेको छ ।

प्रकाशित मिति: १८ जेठ २०८२, आइतबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।