मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


काठमाडौँ । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।

प्रकाशित मिति: २३ जेठ २०८२, शुक्रबार  ०७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।