काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर काईरी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोईरी विरुद भ्रष्टाचार अभियोगमा मुद्धा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार कोईरी विरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो र जरिवाना मागदाबी गरेको छ । यसका साथै आयागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

अख्तियारले कोईरीले लुकाई छिपाईराखेको सम्पत्तिबाट श्रीमती माला कुमारीको नाममा घर जग्गा, शेयर खरिद र बैंक मौज्दात राखेको पनि आरोपत्रमा उल्लेख गरेको छ । उक्त सम्पत्ति जफत गर्न माला कुमारीलाई पनि प्रतिवादी बनाएर आरोपत्र दायर गरिएको छ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।