काठमाडौँ । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए ।
उनले साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ, माघमा ४ अर्ब २९ करोड रुपैयाँ, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए ।
वैशाखमा भने ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ, जेठमा ४ अर्ब ४३ करोड ५७ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।
प्रतिक्रिया