काठमाडौँ । डिप्रोक्स लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले ४० जना कनिष्ठ कार्यक्रम सहायक माग गरेको हो ।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसइई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । +२ वा सो सरह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
लघुवित्त संस्थामा लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्य अनुभव भई कार्यरत भएको हुनु भनिएको छ । कम्प्युटर सम्बन्धी दक्ष र मोटरसाइकल चालक अनुमति प्राप्तलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ५ वर्ष थप हुने व्यवस्था रहेको छ ।
परीक्षा दस्तुर ३०० रूपैयाँ लाग्नेछ । इच्छुक व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया