सिरहामा ५ वर्षपछि खानेपानी आयोजना सम्पन्न


काठमाडौँ । धनगढीमाई नगरपालिका–१३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत १० करोड ९४ लाख रुपैयाँ लागतमा ५ वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन् ।

परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए। खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले यही असार ५ गते आयोजनाको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको उनले बताए । आयोजना उद्घाटनको तयारीमा आफूहरू रहेको बताए ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  ०६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।