गण्डकी प्रदेशको ३१ अर्बको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु


गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।

विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  १४ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।