रसुवागढी बाढीमा १०० भन्दा बढी गाडी बगेको अनुमान


काठमाडौँ । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १०० भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । प्रमूख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन हो।

इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । उनका अनुसार ठ्याक्कै कति गाडी थिए र कति क्षति भए त्यसको विवरण पछि खुल्छ । प्रारम्भिक अनुमान अनुसार १०० भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ । सवारी साधनहरु पार्किङ गरेर राखिएको थियो र केही गाडीहरु राति नै माथि सारिएको छ । अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ उनले बताएका छन् ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।