भोजपुरमा ७ करोड रुपैयाँ लागतमा पालिका भवन निर्माण हुँदै


भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित ७ करोड ५० लाख ४४ हजार १३७ रुपैयाँको लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको २ करोड ३७ रुपैयाँ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले ५ करोड लगानी गरिसकेको छ । गाउँपालिका भवन निर्माणको लागि हालसम्म ६ करोड ९० रुपैयाँ भुक्तानी भइसकेको उनले जानकारी दिए। रासस

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।