महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द


दोधारा चाँदनी । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

“महाकालीमा पानीको बहाब १ लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उनले भने–“महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।