काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता साढे तीन महिनाको अवधिमा मुलुकभर विभिन्न विपद्जन्य घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख १ देखि यही साउन १९ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा २५ सय बढी विपतजन्य घटनामा उक्त मानवीय क्षति भएको हो ।
प्राधिकरणका अनुसार यी घटनाहरुमा परेर अझै २० जना बेपत्ता भएका छन् भने ५४८ जना घाइते भएका छन् । विपद्का कारण देशभर ४ हजार ५९३ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा सबैभन्दा बढी आगलागीको घटना घटेको छ । आगलागीका १ हजार ३९ घटनामा १५ जनाको मृत्यू भएको छ भने १४७ जना घाइते भएका छन् । आगलागीबाट १ हजार १५० परिवार प्रभावित भएका छन् ।
बाढीका १८० घटना घटेका छन्, जसमा १६ जनाको मृत्यु, २० जना बेपत्ता र ७ जना घाइते भएका छन् । बाढीबाट १ हजार २९२ परिवार प्रभावित भएका हुन् । पहिरोका २६१ घटनामा १३ जनाको मृत्यू भएको छ भने १६ जना घाइते भएका छन् । पहिरोका कारण ३२२ परिवार प्रभावित भएका छन् । भारी वर्षका कारण भएका १३४ घटनामा ५७६ परिवार प्रभावित ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्राधिकरणको विवरण अनुसार चट्याङका २४४ घटना घट्दा २८ जनाको मृत्यू भएको छ । सर्पदंशका ६६ घटनाबाट ८ जनाले ज्यान गुमाए भने डढेलोको १५८ घटनाबाट भने २ जना घाइते भए ।
हावाहुरीको २७६ घटनाबाट ८ जना, जनावर आक्रमणको १४२ घटनाबाट १२ जना र ३७ वटा लेक लाग्ने घटना हुँदा १२ जनाले ज्यान गुमाएका छन् ।










प्रतिक्रिया