प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो ।

प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।