त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठसम्म बन्द


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठसम्म बन्द हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराएको छ ।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।