काठमाडौँ । जेनजीले भ्रष्टाचारको विषेश मुद्दा अघि सारेर गरेको प्रदर्शनमा देशभरका दर्जनौँ कार्यालय क्षेतविक्षेत बने ।
प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, अदालत तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । सोही क्रममा वैदेशिक रोजगार विभाग जलाएका छन् ।
आगजनीबाट विभागको प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा जलेको भएको छ । विभागमा आगलागी भएतापनि श्रम स्वकिृतिको काम भने नरोकिने भएको छ ।
अहिले वैदेशिक रोजगार सम्बन्धी विषयमा सामान्य तरिकाले काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार कार्यालयमै गएर काम गर्न असम्भव रहेकोले घरबाटै काम भइरहेको छ ।










प्रतिक्रिया