काठमाडौँ । नेपाल प्रहरीले जेन जी आन्दोलनमा देशभर ७२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको ज्यान गएको हो ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो ।
त्यसक्रममा विभिन्न ठाउँमा घटना हुँदा व्यक्तिहरुको मृत्यु भएको छ ।










प्रतिक्रिया