काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ३३ लाखको कारोबार गर्दै सकिएको छ ।
असोज २९ गते देखि सुरू भएको मेलामा मेलाको अन्तिम दिन आइतबारमात्र २८ लाख बढीको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा भिजिटर सोचेभन्दा अलि कम भएपनि कारोबार रकम भने बढेको उनले बताए ।
मेलामा बिशेष गरि गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढि गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए ।
देशको राजनैतिक अबस्थाका कारण पनि अबलोकनकर्ताहरु सोचे भन्दा थोरै कम भएको अनुमान गर्दै फ्यानका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले गत बर्षको मेला भन्दा यो पटक फराकिलो र व्यवस्थित भएको बताए ।
नजिकै आइरहेको तिहार तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।










प्रतिक्रिया