जेनजी आन्दोलनका कारण बन्द भएको चन्द्रागिरी केबुलकार पुनः सञ्चालनमा आउँदै


काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएको चन्द्रागिरी केबुलकार कात्तिक २२ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

आन्दोलनका क्रममा गत भदौ २३ गते आगजनी र तोडफोड भएपछि चन्द्रागिरी केबुलकार अस्थायी रुपमा बन्द भएको थियो ।

जेनजी आन्दोलन बेला आगजनी र तोडफोड भएको केबुलकार पुनर्निमाण गरेर २ महिनापछि पुनः सञ्चालनमा ल्याउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।