मतदाता नामावली दर्ताका लागि ५ दिन म्याद थपिने


काठमाडौँ । मतदाता नामावली नाम दर्ता गर्न ५ दिनको समय थप हुने भएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरिसकेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीलाई कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजो (बिहीबार) बाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।