काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक दिपक थापाविरुद्ध भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
टुङ्गम इन्टरनेसनल एकेडेमीका सुपरिटेन्डेन्ट रामचन्द्र बहाला श्रेष्ठले थापाविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियारमा सोमबार उजुरी दायर गरेका हुन्। ।
थापाले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख भई बहाल रहँदा क्षेत्राधिकार मिचेर सो विद्यालयको चल अचल सम्पत्तिमा हानी नोक्सानी गरेको उजुरी पत्रमा उल्लेख छ।
थापाले ब्युरो कार्यालयमा ठगी तथा अपराधिक विश्वासघात र अपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दरखास्त गर्दा समेत कारबाहीको लागि अनुसन्धानको कार्य अगाडि बढ्न नदिएको समेत उनले उल्लेख गरेका छन्।
श्रेष्ठले उजुरी पत्रमा २०८१ पुस ८ गते टिआइए विद्यालयका पूर्व सञ्चालक कर्मा छिरिङ शेर्पा समेत विरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी जाहेरी दिए पनि थापाले उक्त क्षेत्र अधिकारभित्र दायर भएको जाहेरी आफ्नो पदको अख्तियारको दुरुपयोग गरी आवश्यक अनुसन्धानका लागि बाधा अवरोध गरेको समेत उजुरीपत्रमा उल्लेख छ।












प्रतिक्रिया