सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो, चाँदीमा १४५ रुपैयाँको वृद्धि


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।

आइतबार चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २१९.२३ अमेरिकी डलर र चाँदी ५६.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।