फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग गर्न दिइने


काठमाडौँ । चुनढुंगा उत्खनन, ग्रेनाइट उत्खनन र फलाम उत्खननका लागि विभिन्न उद्योगलाई जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।सरकारले शक्ति मिनरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै विशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ ।सरकारले रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१।६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खननका लागि मकवानपुर भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ । बिग प्लस मिनरल्स प्रालिलाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ भने अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन गर्न मकवानपुर बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४‍‍.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । यस्तै सरकारले कार्बन व्यापार नियमावली, २०८२ पनि स्वीकृत गरेको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।