वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ४ महिनामा ५ प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ ।
कार्यालयले चालु आवको ४ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ४ अर्ब ५८ करोड रुपैयाँ, कपडाबाट ४ अर्ब २५ करोड रुपैयाँ, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट ३ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको ४ महिनामा वीरगञ्जबाट २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।










प्रतिक्रिया