काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबार चाँदी तोलामा ११० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायमै रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २२१.२५ अमेरिकी डलर र चाँदी ५८.७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया