नेपालले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति पाएको छ । भारतको डेजीगेन्टेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी (सीईए)ले मंसिर १६ गते निर्यातको अनुमति प्रदान गरेको हो । योसँगै प्राधिकरणले भारतमा मात्र विद्युत् निर्यात परिमाण १२०० मेगावाट पुर्याएको छ ।

प्राधिकरणले २ वटा आयोजनाको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न दुइपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी बनेको छ ।

प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको १०.७० मेगावाट विद्युत् भारत निर्यात गर्ने छ ।

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।