काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७०० रुपैयाले बढेको छ । सोमबार चाँदीमा सामान्य गिरावट आउको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २०८.४२ अमेरिकी डलर र चाँदी ५७.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया