सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी हालसम्मकै उच्च


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । बुधबार चाँदी तोलामा १५० रुपैयाँले बढेसँगै हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २०६.९ अमेरिकी डलर र चाँदी ६१.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।