लोक सेवा आयोगले माग्यो २५६ कर्मचारी (सूचनासहित)


काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी आह्वान गरेको छ । आयोगले निजामती सेवा र संघिय संसद सेवाका राजपत्रंकित तृतिय श्रेणी तथा राष्टिय मानव अधिकार सेवाका अधिकृत तृतिय श्रेणी, शमखा अधिकृत वा सो सरह (अप्राधिक) पदहरुको लागि दरखास्त खुलाएको हो ।

आयोगका अनुसार न्याय सेवामा ६० र निजामती सेवामा परराष्ट, प्रशासन, लेखा प्ररीक्षण सेवा र संघीय संसद् सेवातर्फ अन्य कर्मचारी मागेको हो ।

प्रत्येक विज्ञापनको लागि १२ सय रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ । योग्यता पुगेका आवेदकले पुस १५ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुरमा भने २२ गतेसम्म आवेदन दिन सकिने छ । अनलाइनमार्फत आवेदन दिनु पर्ने छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।