काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भिसा रद्द गर्दा ८ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।
अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द भएका छन् । अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा बढ्दो ध्यानको एक भाग भएको जनाएको छ।
भिसा रद्द गरिनुका मुख्य कारणहरूमा मादक पदार्थ सेवन गरी गाडी चलाउनु, चोरी र हमलाजस्ता अपराधहरू प्रमुख रहेका छन्।
केही भिसाहरू भिसाको म्याद सकिनु, आतंकवादलाई समर्थनसँग सम्बन्धित अनुसन्धान र अन्य गम्भीर कारणहरूले गर्दा पनि रद्द गरिएका अधिकारीहरूले बताएका छन् ।












प्रतिक्रिया