तोलामा ३५ सयले बढ्यो सुन, चाँदीमा रेकर्ड कायमै


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन ऐतिहासिक मूल्य हो । बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६६.७४ अमेरिकी डलर र चाँदी ६३.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।