सुनको भाउ एकैदिन ९ हजार ५ सयले बढेसँगै पुनः ३ लाख नाघ्यो


काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ ९ हजार ५०० रुपैयाँले बढेसँगै पुनः ३ लाख नाघेको छ । आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दा चाँदी तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९६६.२६ अमेरिकी डलर र चाँदी ७७.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।