इम्बोस्ट नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नर्गन सर्वाेच्चको अन्तरिम आदेश


काठमाडौँ । सवारी साधनहरुमा इम्बोस्ट नम्बर राख्दा अंग्रेजी भाषा अनिवार्य नगर्न सवोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चका न्याधीश द्धय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यातायात व्यवस्था विभागले २०८२ भदो ३ गते जारी गरेको सुचना कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

सर्वाेच्चले फैसलामा भनेको छ, “सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिक मन्त्री ज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ ।”

इम्बोस्ट नम्बर प्लेटको सुरुवात ५ भदो २०७४ मा तत्कालीन यातायात मन्त्री विरबहादर बलायरले उद्घाटन गरेर भएको थियो ।
इम्बोट नम्बर प्लेटको विषयमा भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले सर्वाेच्च अदालतामा रिट दायर गरेका थिए । उक्त रिटमा तत्कालिन प्रधानन्यायधीश गोपालमान पराजुलीको इजलासले कार्यान्वयन नगर्न अन्तिरम दिएको थियो । तर २०७६ मंसिरमा तत्कालिन प्रधान्याधीश चोलन्नद्रशमशेर राणासहित पाँच न्यायधीशको संयुक्त इजलासले अधिवक्ताहरु बुर्लाकोटी र बस्नेतको रिट निवेदन खारेज गरेको थियो । सर्वाेच्चको उक्त फैसला पछि इम्बोस्ट नम्बर प्लेटको काम पुनः सुरु गरेको थियो ।

 

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।