धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए ।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौँ फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ०६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।