काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ९०० रुपैयाँले घट्दा चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९५२.८ अमेरिकी डलर र चाँदी ७५.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया