लगातार ३ दिन घटेको सुनको भाउ एकैदिन ४३ सयले बढ्यो


काठमाडौँ । लगातार ३ दिन घटेको सुनको भाउ आज भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ३ हजार, ९०० र १ हजार ५०० रुपैयाँले घटेको थियो ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा १८० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९८६.९९ अमेरिकी डलर र चाँदी ७८.०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।