काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
यसअघि उनले लगाएका आयात कर सर्वोच्च अदालतले खारेज गरेको थियो । ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने चेतावनी दिएका हुन् ।
उनले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले एक कहिल्यै प्रयोग नगरिएको व्यापार कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्म बढाइने घोषणा गरेका हुन् ।
सन् १९७४ को ट्रेड एक्टको धारा १२२ अन्तर्गत लगाइने यो कर करिब पाँच महिनासम्म मात्र लागू हुने छ । १५ प्रतिशत पनि त्यही मितिदेखि लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट गरिएको छैन ।












प्रतिक्रिया