निर्वाचनको समयमा ३ दिन विदा दिने सरकारको निर्णय


काठमाडौँ । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर सरकारले ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मंगलबार बसेको वैठकले यहि फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउनको लागि ३ दिन विदा दिन सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधि सभाकाे निवार्चन अाउन अब ९ दिन बाँकी रहेकाे छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।