काठमाडौँ । फागु अर्थात् होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर मनाउने गर्छन् । यस वर्ष सोमबार परेको पहाड होली कलाकारहरुले आआफ्नै तरिकाले मनाएका छन् । कलाकारहरुले आफ्नो होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् ।
अभिनेत्री प्रियंका कार्की र रेखा थापाले यस वर्ष आफ्नो परिवारको साथमा होली मनाएका छन् ।


त्यस्तै, अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल मार्फत ‘असत्य र अन्याय माथि सत्य र न्यायको जीत होस् । सुशासन र स्थिरता कायम हुन सकोस् । यो होली अनि यसपछिका आउने दिनहरु हामी सम्पूर्ण नेपालीहरुका लागि सोचेजस्तै बन्न सकोस् । होलीको सम्पूर्ण नेपालीहरुमा रंगिन विवेकको कामना’ लेख्दै तस्बिर सेयर गरेकी छिन् ।

कलाकार हरिवशं आचार्यले आफ्नो परिवारका साथ यस वर्षको होली मनाएका छन् ।


















प्रतिक्रिया