काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १२८.२६ अमेरिकी डलर र चाँदी ८४.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया