ललितपुर– ३ बाट रास्वपाकी कार्की विजयी


काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् ।

कार्कीको प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।