झापा–४ मा रास्वपाका ढकाल विजयी


झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे। यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गरे ।

यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकामा ८२ हजार ११७ मत खसेको थियो । यहाँ १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  ०६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।