हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले जित्यो तीन सिट


काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ। अध्यक्ष हर्क साम्पाङले सुनसरी १, आरेन राईले खोटाङ र ध्रुवराज राईले भोजपुरमा जितेका हुन्।

सुनसरी १ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भए। खोटाङमा १६ हजार ६१२ मत सहित आरेन राई विजयी भए। भोजपुरमा १६ हजार ६६३ मत प्राप्त गरी ध्रुवराज राई निर्वाचित भएका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।