सुनको भाउ बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुृधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार २०३.८५ अमेरिकी डलर र चाँदी ८८.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।