काठमाडौँ । विशेष अदालतले व्यावसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा थुनामा रहेका व्यावसायीद्धयलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू विदुर कोइराला, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयेक्त इजलासले यस्तो आदेश दिएका हो । सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा भट्टलाई चैत १९ गते र सुलभलाई चैत २२ गते पक्राउ गरेको थियो ।













प्रतिक्रिया