नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा. डा. चेतराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय…