भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । काठमाण्डौंबाट राति साढे ९ बजे उडान भरेको जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो । जहाजको चक्का घाँसे मैदानमा पुगेको छ । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा भारी वर्षाका कारण चिप्लिएको बताइएको छ । बुद्ध एयरका…