निजी क्षेत्रद्वारा पहिलो पटक सुविधासम्पन्न व्यवसायीक गोदाम तथा वितरण सेवा सुरु

काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले निजी क्षेत्रको सहकार्यमा न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले आज एक कार्यक्रमकाबीच नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवासंघसँग समझदारी गरेको हो । समझदारी पत्रमा नेफ्फा तर्फबाट अध्यक्ष मनोज अधिकारी र कोसानका तर्फबाट अध्यक्ष देवेन्द्र खड्काले हस्ताक्षर गरेका छन्…